ढोरपाटन । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।
बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर मृत्यु भएको हो ।
मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए ।
उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी हुन् ।
प्रतिक्रिया