News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

412
SHARES


काठमाण्डाै। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेकाे एकीकृत समाजवादीकाे बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो ।

आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार बैठकमा देशमाे पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश नगराइएको हो ।

सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो ।

उनले भने, ‘आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय गरेकाे छ । सरकारमा जाने विषयमा सकारात्मक छौँ । त्यसमा जाने बेलामा हामी छलफल गर्छाैँ ।’ राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया