• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विद्युतको तार सर्ट हुँदा दाङमा एक घर नष्ट

    613
    SHARES


    काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा अचानक विद्युतको तार सर्ट हुँदा दामोदर रेग्मीको घर जलेर नस्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ४ः३५ बजेको समयमा उक्त घरमा आगलागी भएको हो ।

    आगलागीबाट रेग्मीको १० लाख बराबरको धनमाल क्षती भएको र अन्नबाली, लत्ताकपडा पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    रेग्मीको घरमा पढ्ने विद्यार्थीहरु बस्ने गरेको पाइएको छ । उक्त आगलागीमा मानवीय तथा पशुचौपायाको भने कुनै क्षति नभएको दाङ प्रहरीले जनाएको छ ।

    आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आधा घन्टा पछि पुर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीर बहादुर ओलि ले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ