• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १

    स्वास्थ्यमन्त्री लिम्बु रोष्टममा रोएपछि…

    556
    SHARES


    काठमाडौं । प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् ।

    प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकी छिन् । उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन् ।

    ‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२-०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’

    अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भन्ने अठोट व्यक्त गर्दै उनले खोला, नाला र पहाडलाई पहिचान नचाहिएको पनि बताइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ