News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कोल्पुखोलामा महानगरको दादागिरीः बन्चरेडाँडाको लेदो सिधैँ खोलामा

652
SHARES


काठमाडौँ । उपत्यकाको फोहोर फालिने स्थान नुवाकोट ककनी ३ बञ्चरेडाँडामा थुप्रिएको फोहोरबाट निस्केको लेदो सिधैँ खोलामा फाल्ने गरिएको छ ।

मंगलबारदेखि काठमाडौँ महानगरले फोहोरबाट निस्कने विषाक्त लेदो जम्मा हुने गरेको ट्याङ्की खोलेर सिधैँ कोल्पुखोलामा बगाएको हो ।

स्थानीय वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर गर्नेगरी फोहोर फाल्न नपाइने कानुनी व्यवस्था रहेपनि महानगरले बञ्चरे क्षेत्रको फोहोरको लेदो सिधैँ खोलामा छोड्ने गरेको स्थानीय मानबहादुर तामाङले बताएका छन् ।

नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, बेलकोटगढी, धादिङको धुनिबेसी हुँदै त्रिशूली नदीमा मिसिने कोल्पुखोलामा वर्षौदेखि लेदो फालिने गरेको पनि मानबहादुर तामाङको भनाइ छ ।

काठमाडौँ महानगरले स्थानीय बासिन्दा र शहरी विकास मन्त्रालयसँग सम्झौता गरेर सिसडोल बञ्चरे क्षेत्रमा उपत्यकाको फोहोर फाल्दै आएको छ ।

फोहोरबाट निस्कने लेदो वैज्ञानिकरुपमा प्रशोधन समेत नगरी सिधैँ कोल्पुखोलामा फाल्दा नुवाकोट र धादिङका स्थानीयलाई प्रत्यक्ष असर पर्नुका साथै पशुचौपायाले खाने, खेतीबाली र स्थानीय बासिन्दाले समेत दैनिक प्रयोग गर्ने खोलाको पानीमा महानगरले दादागिरी देखाएर लेदो फाल्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया