काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
बुधबार सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले उनको फ्लाइट तीन बजे रहेको थियो भने अहिले उडिसकेको बताएका हुन् ।
उनले भने, ‘हामीले अदालतमा सकाउनु पर्ने कामहरु करिब १ बजे सकाएका थियौँ। त्यसपछि सन्दीप एयरपोर्ट गएका हुन् । उनीसँग एक जना क्यानका सदस्य पनि रहेका छन् । उनले भोलिको म्याच खेल्ने छन् ।’
नेपाली क्रिकेट टिम युएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न शनिबारनै युएई पुगेकाे छ । भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ । यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले सन्दीप आजै युएई गएका हुन्।
प्रतिक्रिया