News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

मधेसी दलबारे यस्तो छ सिके लालको विश्लेषण

317
SHARES


काठमाडौँ । राजनीतिक विश्लेषक सिके लालले मधेसलाई पहिचान दिलाउने काम मधेस आन्दोलनले गरेको बताएका छन् ।

मधेस आन्दोलनबाट आएको जय मधेसको नाराले मधेसलाई गौरव गर्ने लायक बनाएको बताउँदै उनले मधेसको पहिचानका लागि पटक पटक सङ्घर्ष भए पनि त्यो अधुरो रहेको बताएका छन् ।

मधेसी एकता समाज युएईले दुबईमा होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विश्लेषक सिके लालले पहिलो मधेस आन्दोलन र दोस्रो मधेस आन्दोलन सफल भएपछि तेस्रो मधेस आन्दोलन गडबड भएको उल्लेख गर्दै सिके लालले चौथो मधेस आन्दोलनमा ठुलो धक्कालागेको बताए।

उनले भने अहिले तराई मधेसमा रहेका कुनै पनि मधेसी दलको नाममा मधेस शब्द रहेको छैन । यसले मधेस आन्दोलनलाई कमजोर मात्र होइन, मधेसको पहिचानमा नै असर गरेको छ ।

विश्लेषक सिके लालले देश वा मधेसमा विभिन्न राजनीतिक आन्दोलन भए पनि नागरिकले परिवर्तनको महसुस नगरेको बताए । सामाजिक सङ्घ संस्थाहरू राजनीतिक दलको भातृ सङ्गठन बन्न नहुने धारणा राख्दै उनले सङ्घ संस्था राजनीतिक दलको पछुवा बनेकोले पनि मधेसको विकास र पहिचान पछाडि परेको बताएका हुन् ।

देशको विकासका लागि राजनीति मात्र नभई सामाजिक सङ्घ संस्थाहरू पनि महत्त्वपूर्ण रहेको भाई रहेको छ ।

दुबईमा विभिन्न पेसा व्यवसायमा संलग्न मधेसीहरुको साझा संस्थाको रूपमा कार्यरत मधेसी एकता समाज युएईले केही दिन अगाडि नै होली कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २१ गते सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ सङ्गठन गैर आवासीय मधेसी सङ्घले होलीको कार्यक्रम राखेको कारण मधेसी एकता समाज युएइले त्यसअघि कार्यक्रमको आयोजना गरेको हो ।

मधेसी एकता समाज युएईका अध्यक्ष डा.अरविन्द यादवले भने, ‘हामी पनि होलीको नजिक नै कार्यक्रम गर्ने सोचिरहेका थियौं तर गैर आवासीय मधेसी सङ्घले पहिला नै सोही दिन कार्यक्रम तय गरेको कारण हामी त्यसअघि कार्यक्रम गरेका हौँ ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया