News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

रेसुंगा विमानस्थलमा आजको निर्धारित नेवानिको उडान स्थगित

311
SHARES


काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडानस्थगित भएको छ ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहेका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो ।

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका कारण आजको उडान रोकिएको हो । कर्मचारी र आवश्यक उपकरण समेत शुक्रबार मात्रै काठमाडौंबाट गुल्मी लैजाने भएकाले तयारी पुरा नभएको उनले बताए ।

शुक्रबार उडान हुने तयारी भइसकेको र सो परीक्षण अवतरणमा पाइलट, डिस्प्याचर, इन्जिनिय र प्राधिकरणका प्राविधिक मात्र सहभागी हुन पाउने उनले बताएका छन् ।

यो परीक्षणपश्चात गुल्मीमा नियमित उडान गर्ने गरी निगमले तयारी गरेको छ । सुरुमा हरेक सोमबार र त्यसपछि यात्रु बढ्दै गएमा उडान बढाउने निगमले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया