• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कपुरकोटमा भूस्याहा कुकुरको टोकाइबाट ४ जना घाइते

    469
    SHARES


    काठमाडौँ। कुकुरको टोकाइबाट सल्यानमा ४ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् ।

    बौलाहा कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा रहेका छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ ल्याइएको छ ।

    स्थानीय रुद्रवीर कुवरका अनुसार सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, २ बालक र एक पुरुषलाई टोकेको थियो । कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको थियो। प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको छ।

    कुकुरले ४ जना मानिसलाई टोकिसक्दा र त्रास फैलदा समेत गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ । छोरोलाई उपचारका लागि काठमाण्डौ पुगेका उत्तमले भने, कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो। तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन । सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेविज फैलन सक्ने भन्दै स्थानिय चिन्तित छन् ।

    भुस्याहा कुकुरको व्यवस्थापन र रेविज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासंग कुनै योजना भएको देखिदैन। कुकुरलाई रेविज विरुद्धको खोप दिने र भुस्याहा कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए। कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा भएपनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरुको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ