• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

    348
    SHARES


    काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने गरि स्थगित भएको छ ।

    संसद सचिवालयले सूचना जारी गर्दै आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

    फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुने कार्य तालिका रहेको छ ।

    यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताए ।

    नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे ।

    एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए ।

    माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।

    वर्तमान राजनीति सही दिशामा हिँडेको भन्दै उनले चुनावको समयमा भएका गठबन्धनकारी दलबीच नयाँ समीकरणले जनताको मतको सम्मान भएको जिकीर गरे ।

    कांग्रेस र माओवादीबिच दूरी बढ्दा मुलुक जहिले पनि असहज दिशातिर जाने गरेको बताउँदै उनले अबको पाँच वर्ष अहिलेको गठबन्धनका सरकारको विकल्प नभएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ