News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले सहमति नजिक, माओवादीको फरक मत

337
SHARES


विराटनगर । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् ।

यी दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए ।

ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन् ।

‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘के नाम लैजाने भन्ने छलफल गरिरहेका छौं ।’ ती नेताका अनुसार किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी छ ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुनेछ ।  उनले कोसी वा कोसी किराँत नाम राख्ने विषयमा छलफल भएको बताए ।

नेकपा एमाले प्रदेश १ को नाम कोसी राख्नु पर्ने पक्षमा छ । प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोसी राख्न प्रस्ताव गरेको थियो । एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए । ठूला दलले भूगोललाई आधार मानेर नाम ल्याउन खोजेको उनको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया