काठमाडौँ। ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। तीव्र गतिमा रहेका दुबै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ ।
रेल ठोक्किएपछि यात्रुवाहक रेलका चार डिब्बामा आगो लागेको थियो । धेरै यात्रुहरू जलेका थिए। दुर्घटनामा परी ८५ यात्रु घाइते भएका छन् ।
यात्रुवाहक रेलमा ३५० यात्रु थिए। अरू यात्रुको उद्धार गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया