• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चितवन-२ मा हुने उपचुनावका लागि १८ दल दर्ता (सुची सहित )

    478
    SHARES


    काठमाण्डाै।  चितवन-२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले मात्रै उपचुनावमा भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।

    नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन-२ मा उपचुनाव हुन लागेको हो ।

    उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले)ले भाग लिने गरी दल दर्ता गराएका छन् ।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, मौलिक जरो किलो पार्टी दर्ता भएका छन् ।

    त्यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले पनि दल दर्ता गराएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ