News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

लगातार ४ खेल जितेको यू-१९ नेपाली टोली विश्वकप नजिक

574
SHARES


काठमाण्डाै । लगातार चौथो खेल जितेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली विश्वकप नजिक पुगेको छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम खेल भोलि यूएईसँग खेल्ने भएको छ ।

यो खेलमा यूएईलाई हराउन सके नेपाल ८ वर्षपछि विश्वकपमा पुग्नेछ । नेपालले हिजोको खेलमा मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित निकालेको हो । प्रतियोगितामा नेपालले मलेसियासहित सिंगापुर, कुवेत र हङकङलाई हराएको छ ।

त्यस्तै यूएई पनि हिजो कुवेतलाई ८ विकेटले हराउँदै चौथो जितका साथ शीर्षस्थानमा कायम छ । समान ८ अंक भए पनि नेट रनरेटका कारण नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपाल र यूएईबीचको खेल भोलि यूएईको आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

यस्तै, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने तथा टोलीका विकेट किपर तथा ओपनर अर्जुन साउद ‘द हन्ड्रेड’ लिगको खेलाडी चयनका लागि हुने ड्राफ्टका लागि छनोट भएका छन् ।

विश्वको सबैभन्दा पछिल्लो फम्र्याटको खेलाडी ड्राफ्टका लागि यि २ खेलाडीको चयन भएको हो । ड्राफ्टमा अर्जुन र सन्दीप सहित ३ सय ६८ खेलाडी चयन भएका छन् भने खेलाडी ड्राफ्ट मार्च २३ मा आयोजना हुने भएको छ । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुदैछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया