• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ग्रिसमा २ वटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

    423
    SHARES


    काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रुहरु घाइते भएका छन् ।

    समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

    एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ ।

    मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

    स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्णन गर्न गाह्रो छ ।’

    भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ । हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए ।

    उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण भने अझै खुल्न सकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ