काठमाडौं । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता भनिने तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् ।
झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए ।
त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो ।
झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार गरेका थिए । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ ।
विभागमा छलफलको क्रममा रहेको बेला पछाडिबाट आएका म्यानपावर व्यवसायीले हट्नु भनेर पछाडिबाट हेल्मेटले हानेको उनीहरुको भनाई छ ।
बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो ।
तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो ।
प्रतिक्रिया