• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पूर्वमन्त्री र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

    845
    SHARES


    काठमाडौँ। विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    विशेषले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री तथा कांग्रेस सांसद टेकबहादुर गुरुङसहित ११ जनामाथि भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हो ।

    २५ फागुनका लागि सजाय निर्धारणको फैसला सुनाउने मिति तोकिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताएका छन् ।

    गुरुङ पछिल्लो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् भने उनलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।

    भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि थियो ।

    उक्त क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

    समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपानेमाथि पनि मुद्दा ठहर भएको छ ।

    यसैगरी, सरकारी जग्गामा सञ्चालित फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई पनि सजाय हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा मुद्दा दायर गरेकोमा चार वर्षपछि फैसला आएको हो ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोेलाको इजलासले यस्तो फैसला गरेको हो । उक्त मुद्दामा ५ जनाले भने सफाइ पाएका छन् ।

    प्रवक्ता योगीका अनुसार रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाई पाएका हुन् । गाहा परिषद्का तत्कालीन कोषाध्यक्ष, रिमाल तत्कालीन निर्देशक, स्वार उपनिर्देशक तथा चौधरी र धामी कानूनी सल्लाहकार हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ