• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र पर्खिदै क्यान

    558
    SHARES


    काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीको पत्र पर्खिरहेको छ ।

    मंगलबार काठमाडौँमा पत्रकारसंग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र पर्खिरहेको बताएका हुन् ।

    उनले भने, ‘हामीले पहिले नै आईसीसीलाई टिममा हेरफेर हुन सक्ने भनेर पत्र पठाएका थियौँ । तर जवाफ भने अझैआएको छैन् ।

    विशेष परिस्थित र खेलाडी घाइते भएको अवस्थामा मात्र खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था रहेको हुनाले गाह्रो छ । हामी युएई पठाउन निरन्तर प्रयासमा रहेका छौँ ।’

    यद्यपि लामिछानेविरुद्धको नाबालिग किशोरी बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन रहेको छ । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटी र १० सर्तसहित रिहा गरेको थियो ।

    त्यसपश्चात् उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो ।

    उक्त निवेदनमा माघ २० गते सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल (कैफियत प्रतिवेदन) झिकाउने आदेश दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ