काठमाडौँ। सुनसरीमा सशस्त्र प्रहरीले २ सय ५८ केजी गाँजा बोकेको गाडी बरामद गरेको छ । सशस्त्रले जिल्लाको हरिनगर गाउँपालिकाको भित्री सडकमा भारतीय नम्बर प्लेटको गाडी बरामद गरेको हो ।
बीआर १ एके ६१०० नम्बरको स्कारपियो गाडीमा २ सय ८५ किलो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । गाडीका चालकको खोजी कार्य जारी रहेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल बसन्तपुरले जाँच गर्दा भारतीय स्कोपिरियोमा रहेका सवारी चालक सो गाडी रोक्नेबित्तिकै भागेको जनाइएको छ ।
सशस्त्रका अनुसार उक्त गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त परिणामको गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
यस्तै, बाग्मती प्रदेशले हात्तीको आक्रमणबाट मृत्यु भएका तीनजनाको परिवारलाई १-१ लाख राहत दिने भएको छ । आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताएको छ ।
आन्तरिम तथा कानुनमन्त्री गंगा श्रेष्ठका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी- ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया-५ का सन्तलाल माझी र सिन्धुली कनपा-१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १-१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रतिक्रिया