• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आगोमा जलेर ९१ वर्षीय हाङ्गीको मृत्यु

    394
    SHARES


    लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ ।

    गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

    जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

    चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् ।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ