News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

८ वर्षपछि यू-१९ विश्वकप खेल्न नेपालले युएईलाई हराउनु पर्ने

796
SHARES


आइसिसी यू-१९ क्रिकेट विश्वकप २०२४ मा स्थान बनाउनका लागि नेपालले आगामी बिहीबार निर्णायक खेल खेल्दैछ।

श्रीलंकामा हुने २०२४ को युवा विश्वकपका लागि एसिया छनोट प्रतियोगिताबाट एक टिम छानिनेछ।

त्यसका लागि अहिले युएई छनोट प्रतियोगिता संचालन भइरहेको छ। ६ टिमबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा अब सबै टिमले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ।

अन्तिम खेलअघि नेपाल र युएईले लगातार चार खेलमा जित निकालेर ८-८ अंक जोडेका छन्। रनरेटमा भने नेपालभन्दा घरेलु टिम युएई अघि छ।

च्याम्पियन टिम विश्वकपमा पुग्ने नियमअनुसार नेपालले विश्वकपमा स्थान बनाउन बिहीबार युएईविरुद्धको खेलमा जित निकाल्नु पर्नेछ। नेपाललाई हराए युएई विश्वकपमा पुग्नेछ।

यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको छ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया