News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव

316
SHARES


काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् ।

तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा रहेको छ ।

जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ पनि रहने उल्लेख गरीएको छ । यस्तो व्यवस्थालाई राष्ट्रिय सभाले स्वीकार गरेर प्रतिनिधि सभामा पठाएको छ ।

‘विधेयकको दफा २ को खण्ड (घ) मा ‘मदिराजन्य पेय पदार्थ’ भन्ने शब्दहरु हटाउनुपर्ने’ प्रतिनिधिसभामा आएको यस विधेयकउपर एमाले सांसद बास्कोटाले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिनिधि सभामा विचाराधीन यस विधेयकको दफा २ को खण्ड (घ) मा ‘खाद्य पदार्थ’ भन्नाले ‘साधारणतः मानिसले उपभोग गर्ने अप्रशोधित, अर्धप्रशोधित वा प्रशोधित खाद्य वा पेय पदार्थ, त्यसमा प्रयोग गरिने पोषक तत्व, खाद्य योगशील (फुड एडिटिभ) वा मरमसला सम्झनु पर्छ र सो शब्दले आहारपूरक खाद्य पदार्थ, प्याकेजिङ गरिएको प्रशोधित पिउने पानी, मदिराजन्य पेय पदार्थ, चुइगम र बवलगमलाई समेत जनाउँछ ।’ भन्ने उल्लेख गरीएको छ । यो परिभाषाबाट मदिराजन्य पेय पदार्थ हटाउनुपर्ने सांसद बास्कोटाले प्रस्ताव गरेका हुन् ।

यसैगरी, एमाले सांसद बास्टोकाले ‘कुनै खाद्य पदार्थको भ्रामक स्वास्थ्य दाबी गर्न नहुने’ विषयलाई पनि ऐनमै समावेश गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यस्तै, नेपाली का‍ंग्रेसकी केन्द्रिय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताइन् ।

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताइएकी हुन् ।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उनले बताइन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया