काठमाण्डाै। आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चाैथाे खेलमा विजयी भएकाे छ । मङ्गलवार यूएईमा भएकाे खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चाैथाे जित निकालेकाे हाे ।
मलेसियाले दिएकाे ७३ रनकाे सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायाे । नेपालका लागि दीपक बाेहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयाे । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए ।
बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बाेहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्राे खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।
याे जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।
प्रतिक्रिया