News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कर्मचारीको तलब कम्तीमा १ लाख ५० हजार बनाउनुपर्ने माग

828
SHARES


काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ ।

महाभियानले मंगलबार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो ।

‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने’, महाभियानले पत्रकार सम्मेलनका क्रममा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बुटवलको देवीनगर चोकदेखि रंगशाला जाने सडक निर्माण छिटो पूरा गर्न माग गर्दै स्थानीयले बुटवल उपमहानगरपालिक-११ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

२०७४ सालमा काम सुरु भएको उक्त सडक निर्माणको काम अदालतमा मुद्दा परेपछि रोकिएको थियो । पछि २०७८ साउन २९ मा पुनः ठेक्का भएपनि कामै नभएको भन्दै दबाव दिन स्थानीयले तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्नुपरेपछि दबाव दिन तालाबन्दी गरेका बताए ।

उक्त सडक ६ करोड ४९ लाख २४ हजार रुपैयाँमा २०७९ साउन मसान्तमा पूरा गर्ने गरी रायमाझी निम कन्स्ट्रक्सन जेभी तिलोत्तमाले ठेक्का पाएको थियो । तर ठेकेदारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको भन्दै काम रोकेको थियो ।

करिब साढे ३ किलोमिटर लामो सडक भत्काएर अलपत्र पार्दा धुलो र पानी पर्दा हिलोका कारण सो खण्डमा बस्ने झण्डै २० हजार वडाबासीले दुई वर्षदेखि सास्ती खेपेका स्थानीय तेजु रानाले बताए । साढे ३ किलोमिटरमध्ये साढे १ किलोमिटरमा नाली निर्माण भएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया