News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

कृषिमा क्रान्तीकारी परिवर्तन आवश्यक छ : नेता किम

511
SHARES


काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन गर्न निर्देशन दिएका छन् ।

उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भएका बेला नेता किमले अधिकारीहरूलाई कृषि उत्पादन बढाउन निर्देशन दिएका हुन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार वर्कर्स पार्टी अफ कोरियाको बैठकमा किमले कृषिमा स्थिर र दिगो उत्पादन गर्न निर्देशन दिएका हुन् ।

नेतृत्वमा इच्छाशक्ति भने केही पनि असम्भव नभएको उल्लेख गर्दै किमले पार्टी एकताबद्ध भएर कृषि उत्पादनमा परिवर्तन ल्याउन सकिने बताएका हुन् ।

दक्षिण कोरियाली एकता मन्त्रालयले छिमेकी मुलुक उत्तर कोरियाले गम्भीर खाद्य संकट निम्तिने बताएपछि किमको भनाइ आएको हो । मन्त्रालयले उत्तर कोरियामा भोकमरीले केही व्यक्तिको मृत्यु भएको रिपोर्टसमेत प्रकाशित गरेको थियो ।

गत महिना अमेरिकाबाट सञ्चालित थिंकट्यांक समूह ३८नर्थले २०२१-२२ को उत्पादनले उत्तर कोरियामा आधारभूत मानवीय आवश्यकता पूरा गर्न पनि नसकेको र मुलुक भोकमरीको गम्भीर संकट आएको बताएको थियो ।

उक्त समूहले उत्तर कोरियाली जनताको जीवनस्तर खस्किएको र खाद्य असुरक्षाले जटिल मानवीय संकट निम्तिएको बताएको थियो ।

उत्तर कोरियाले पटक(पटक खाद्य संकटको सामना गर्दै आएको छ । सन् १९९० को दशकको खाद्य संकटले उत्तर कोरियामा २ लाख ४० हजारदेखि ३५ लाखसम्म व्यक्तिको मृत्यु भएको हुन सक्ने अनुमान थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया