News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कलाकार बीएस राणाकी पत्नी र छोरीको उद्धार

5K
SHARES


काठमाडौं । अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ ।

बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो ।

श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले बताएका छन् । ‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामीले रकम जुटाउँछौं र उहाँहरुलाई निको तुल्याउँछौं ।’

फिल्म निर्देशक सुरेशदर्पण पोखरेल र सविनले यसतर्फ पहल गरेका छन् । अन्य केही फिल्मकर्मीले पनि उपचार र व्यवस्थापनमा सहयोग गर्ने वचन दिएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया