• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    ज्ञानेन्द्रलाई अघि सारेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

    504
    SHARES


    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै व्यापारी दुर्गा प्रसाईँले ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् ।

    राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् । पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नभएको प्रसाईँले पत्रकार सम्मेलनमा बताए ।

    पत्रकार सम्मेलनमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ ।

    यस्तै २० लाख भन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने जस्ता माग पनि गरिएको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ