बैतडी। जिल्लामा शनिबार राति मृत फेला परेका दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय जीवन बुडालको शव अझै परिवारले बुझेका छैनन् ।
पिकनिक मनाउन अन्य ११ जना साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा गएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए ।
मृतक बुडालको शव पोष्टमार्टम गरिएपनि अस्पतालमै राखिएको छ । बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् ।
उनका आफन्तले किटानी जाहेरी दिएपछि १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
पिकनिक खान गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए ।
जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री,श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल ,दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
प्रतिक्रिया