• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    क्यालिफोर्नियामा असिनापानी सहितको आँधी, कम्तिमा १२ जना घाइते

    461
    SHARES


    काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ ।

    खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो ।

    बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् भने बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

    हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् ।

    सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् ।

    क्यालिफोर्निया, टेक्सास र ओक्लाहोमामा करिब एक लाख जना बिजुलीविहीन अवस्थामा रहेको बीबीसीले उल्लेख गरेको छ ।

    प्रभावित क्षेत्रका भिडियो फुटेजहरुमा चारपांग्रे सवारी साधन लडाएको र घरका छाना उडाएको देखिन्छ ।

    मौसमविदहरुले अमेरिकाको मध्यपश्चिम क्षेत्रको मौसम एक हप्तासम्म खराब हुने पूर्वानुमान गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ