News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

मेसी बने बेस्ट फिफा अवार्डमा उत्कृष्ट खेलाडी, महिला तर्फ एलेक्सिया

415
SHARES


पेरिस। अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे ।

कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षका उत्कृष्ट खेलाडी घोषित भइन् ।

दोस्रोपल्ट अवार्ड जितेपछि मेसीले भने, ‘यो अद्वितीय रह्यो । यो वर्ष निकै सुखद् रह्यो । अवार्ड प्राप्त गर्नु मेरो लागि गर्वको उपलब्धि हो । मेरा साथी खेलाडी बिना यो सम्भव थिएन ।’

उनले थपेका छन्, ‘मैले लामो समयदेखि जुन सपना देखेको थिएँ, त्यो पूरा भएको छ । धेरै कमले मात्र यस्तो सपना पूरा भएको देख्न सक्छ, त्यसैले म निकै भाग्यमानी पनि छु ।’ विश्वकप विजेता अर्जेन्टिनाका लियोनल स्कालोनी वर्षका उत्कृष्ट प्रशिक्षक चुनिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया