News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न माग

232
SHARES


काठमाडौं । नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ ।

समितिले केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरूले छात्रबास नपाएको भन्दै विभागीय प्रमुखसमक्ष तत्काल छात्रबासको व्यवस्था गर्न माग गरेको हो ।

साथै हालको छात्रबास दुर्गन्धित भएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि माग गरिएको छ । अध्यक्ष सुमित बोहरासहितले विभागीय प्रमुखलाई यस्तो माग राखेका हुन् ।

यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यहरुलाई पारिश्रमिक सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ । प्रतिष्ठानको नयाँ कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आजीवन सदस्यहरुले दोहोरो सुविधा लिएकाले फाल्गुन महिनादेखि प्रतिष्ठानबाट पारिश्रमिक सुविधा उपलब्ध नगराउने निर्णय भएको जानकारी दिएको हो ।

नेपाल प्रज्ञा प्रष्ठिानको ऐन बमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने भएकाले विश्वविद्यालयहरु तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरुलाई प्रतिष्ठानबाट पारिश्रमिक-सुविधा उपलव्ध नगराउने निर्णय भएको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए ।

उनले प्रतिष्ठानको निर्णयप्रति असहमति भए जानकारी गराउन पनि आग्रह गरेका छन् । दोहोरो भत्ता लिने प्रवृतिलाई अन्य गर्नका लागि प्रतिष्ठानले पहल सुरु गरेको उनले बताए ।

यस विषयमा साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हाल उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको समयमा नेपाल प्रज्ञाप्रतिष्ठानले यस्तो निर्णय गरेको हो । त्यस्तै प्रतिष्ठानले आजै परिषद् सदस्यहरुको कार्यविभाजन पनि गरेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया