News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

‘पावर बैंक’ भन्दै प्लास्टिकमा माटो बेच्ने भारतीय नागरिक पक्राउ

410
SHARES


बुटवल। चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतीय नागरिक रुपन्देहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन् ।

उनीहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा ५० को चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने भनी कुपन बिक्री गरी पावर बैंक परेपछि एक हजार दुई सय रुपैयाँ लिएर तीन हजार दुइ सय रुपैयाँ पर्ने पावर बैंक भनेर प्लाष्टिकको खोल बेचेका थिए ।

४/५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनेर किनेको पावर बैंकको खोलभित्र गिलो माटो भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए ।

उनीहरुबाट यूपी ५५ एफ १५१९ नम्बरको स्पेन्डर मोटरसाइकल, ३ हजार ४ सय २० नगदसहित स्क्र्याच कुपन ७९, माटो भरेको पावर बैंक ६ र डाटा केबल ६ वटा बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया