• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    १६ मन्त्रालय मन्त्रीविहीन (सूचीसहित)

    498
    SHARES


    काठमाडौँ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सबै मन्त्रीहरुले सामुहिक राजीनामा गरेका छन् । यो सँगै  १६ वटा मन्त्रालय मन्त्रि बिहिन भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेज भएको थियो । रास्वपाले गृहमन्त्रालय आफूहरुले पाउनु पर्ने माग राख्दै आएपनि प्रचण्ड त्यसमा सकारात्मक नभएपछि सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको थियो ।

    तर, एमालेले भने आज सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएको छ । यो सँगै अब प्रचण्ड नेतृत्वको सरकारमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी र माओवादी मात्र रहेका छन् ।

    यो सँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ७ सदस्यीय बनेको छ । अब सरकारमा माओवादीबाट प्रधानमन्त्रीमा प्रचण्ड आफैं रहेका छन् ।

    त्यसैगरी, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन मन्त्री सुदन किराँती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली माओवादीबाट मन्त्रिपरिषद्मा रहेका छन् । त्यसैगरी जनतमत पार्टीका अब्दुल खान खानेपानीमन्त्री रहेका छन् ।

    यी हुन् मन्त्रि बिहिन रहेका १६ मन्त्रालय : -वन तथा वातावरण मन्त्रालय,-युवा तथा खेलकुद मन्त्रालय,-गृह मन्त्रालय,-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,-श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय,-उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय,-सहरी विकास मन्त्रालय,-कानून न्याय तथा संसदीय मामिला मन्त्रालय,-अर्थ मन्त्रालय,-कृषि तथा पशुपंक्षी विकास,-उद्योग वाणिज्य तथा आपूर्ति,-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,-परराष्ट्र मन्त्रालय,-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र रक्षा मन्त्रालय ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ