धनुषा। धनुषामा प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएको घटनाको एक महिना अर्का नपुग्दै थप १ थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् ।
जबरजस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका-१३ किरतपुरका राजाबाबु मुखिया आइतवार बेलुकी ७ बजे फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
नकपुरमा रहेकाे जिल्ला अदातलमा उपस्थित गराई इलाका प्रहरी कार्यालय सबैला लैजाँदै गर्दा सहिदनगर नगरपालिका-३ काे यदुकुहाबाट हिँडिरहेको भ्यानबाट हाम फालेर मुखिया फरार भएका गौतमले बए । फरार मुखियाको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया