• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

    564
    SHARES


    काठमाडाैँ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । युएईमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।

    १ सय २१ रनको लक्ष्य नेपालले १ विकेट गुमाउँदै २२ ओभर १ बलमा भेट्टायो । नेपालका आकाश त्रिपाठीले नटआउट ५८ र उत्तम थापा मगरले नटआउट ३९ रन बताए ।

    टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १२० रनमा अलआउट भएको थियो । बलिङतर्फ नेपालका हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले २-२ तथा दिपेश कँडेलले १ विकेट हात पारे ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले र दोस्रो खेलमा कुवेतलाई २४३ रनले हराएको थियो । नेपालले चौथो खेल भाेली मलेसियासँग खेल्नेछ ।

    प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर छन् । प्रतियोगिताको शिर्ष स्थानमा रहने टिम आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ