News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

कम्बोडियामा बर्डफ्लुको जोखिम मानव समुदायमा कम छ : विश्व स्वास्थ्य संगठन

335
SHARES


नोमपेन । कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ ।

यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट २ जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो ।

दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो । उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन् ।

मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा भनिएको छ । “अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

“अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,” उनले भने । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन् ।

यस्तै, जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४ सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् । “हाम्रो देशको योजना ४ सय युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताए ।

यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए ।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएको हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया