• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    झलनाथ खनाल र चित्रबहादुर केसीबीच भेटबार्ता

    544
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ ।

    सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

    फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन् ।

    यस्तै, खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सोमबार(आज) नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

    मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए । उनले खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने पनि बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ