काठमाडौँ। नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निणर्य गरेको छ आज बिहान बसेको सचिवालय बैठकले यस्तो निणर्य गरेको हो ।
एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निणर्य गरेको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको थियो ।
नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारलाई समर्थन कायम राख्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै पनि निर्णय गरेको छैन ।
बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निणर्य नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निणर्य नै कायम रहने बताए ।
रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निणर्य गरेको थियो । ‘अहिलेसम्म हाम्रो निणर्य त्यही हो’ उनले भने।
१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया