• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंहदरबारभित्रको केन्द्रीय क्यान्टिनमा भेटियो अखाद्य वस्तु

    695
    SHARES


    काठमाडौँ। सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएका छन् ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक रुपमा अनुगमन गर्दा खान अयोग्य वस्तु फेला परेको हो ।

    विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।

    अनुगमनमा गएको टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गर्नुका साथै उक्त क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ