• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमाले सचिवालय बैठक च्यासल बस्दै

    442
    SHARES


    काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बिहान ११ बजे  बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

    यस्तै, ८ दलले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गरेका छन् ।

    बालुवाटारमा आइतबार बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका पौडेललाई सहयोग गर्न अपिल गर्ने निर्णय गरेका हुन् ।

    साथै बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा अरू दलबाट एक-एक जना सदस्य रहने गरी कार्यदलसमेत गठन गरेको छ।

    बैठकले फागुन १८ गते संघीय (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सांसदहरूलाई अभिमुखीकरण दिने निर्णय गरेको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।

    फागुन १९ गते सातै प्रदेशमा राष्ट्रपति निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ