News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ : मन्त्रि किराती

545
SHARES


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन् ।

ऋणमा हेलीकप्टर चार्टर नगर्न पनि सबैलाई अनुरोध गर्दै  मन्त्रि किरातीले देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा नगएकोमा त्यसको लागी क्षमा मागेका छन्।

मन्त्रि किराती लेख्छन्-‘राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएकाछौं ।

देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएकाछैनौं । त्यसको लागी तपाईहरुसंग क्षमा चाहान्छु ।

ऋणमा हेलीकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । “घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया