News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

381
SHARES


काठमाडौं । अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी-२० विश्वकपको उपाधि हात परेको छ ।

केपटाउनमा आइतबार भएको फाइनलमा खेलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लगातार सातौं संस्करणको फाइनल खेलेको अष्ट्रेलियाले छैटौं पटक उपाधि जित्ने क्रममा दोस्रो पटक उपाधिमा ह्याट्रिक गर्यो । सन् २००९ को पहिलो संस्करणमा फाइनल पुग्न नसकेको अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा लगातार जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।

यस्तै, यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

छनोट प्रतियोगिता यसअघिका दुवै खेल जित्दै नेपाल अपराजित छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया