काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुनहुने भएको हो ।
नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालत पाटनले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
यस्तै, नाबालिक बलात्कार गरेको आरोपमा सजाय भोगिरहेका कलाकार पल शाह आज छुट्दै छन् ।
जिल्ला अदातल नवलपरासीपूर्वले गरेको फैसलालाई उल्ट्याउँदै उच्च अदालत पोखराले शाहलाई साफाई दिएको हो ।
आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहविरुद्ध नाबालिगको अभियोग दाबी नपुगेको भन्दै शाहलाई सबै अभियोगबाट सफाइ दिइने फैसलामा भनुएको छ ।
प्रतिक्रिया