News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

रोकिएको टिपरमा माइक्राे ठोक्किँदा १६ घाइते, २ जनाकाे अवस्था गम्भीर

591
SHARES


चितवन। नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका- २९ सिमलतालमा आइतबार(आज ) सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो ४ :४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे र बाँकी १४ जनाकाे अवस्था मध्यम रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन् ।

डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडाैंतर्फ आउंदै गरेकाे बा ३ ख ५८९१ नम्बरकाे माइक्राे बस ना ६ ख ४४९० नम्बरकाे टिपरकाे पछाडि ठाेक्किएकाे थियाे । घाइतेहरूको चितवनका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया