News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

उपमुख्यमन्त्री गिरफ्तार

584
SHARES


नयाँ दिल्ली । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले गिरफ्तार गरेको छ । दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।

आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।

दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ भनेको छ । उसले आइतबार ‘लोकतन्त्रका लागि कालो दिन’ भएको पनि भनेको छ ।

बयानका लागि सीबीआई अफिस जानुअघि सिसोदियाले घरमै आमाको आशीर्वाद लिएका थिए । त्यसपछि उनी आफ्ना समर्थकहरूको साथ सीबीआई कार्यालयमा पुगेका थिए ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया