ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका ११ फावाखोलामा चट्याङ लागेर एक जना किसान घाइते भएका छन् । भेडा पाल्ने किसान गोपाल विष्ट ‘अन्तरे’ चट्याङ लागेर सख्त घाइते भएका छन् ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल लिने तयारि भैरहेको छ । उनका भाइ कमल विष्टका अनुसार आइतबार साँझ गोठमा चट्याङ परेको थियो।
चट्याङले चौंरी र भेडाको गोठमा ठूलो क्षति पुगेको स्थानीयहरूको अनुमान छ । क्षतिको यकिन विवरण भने नभएको स्थानीयले बताए ।
ताप्लेजुङमा आइतबार अपराह्नदेखि चट्याङसहितको वर्षा भइरहेको छ । पाथीभरा घुन्सा ओलाङचुङगोला लगायत क्षेत्रमा हिउँ परिरहेको स्थानीयहरूले बताए ।
प्रतिक्रिया