काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् ।
मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार(आज) साँझ जेनेभा जानुअघि प्रधानमन्त्री प्रचण्डले भ्रमण रोकेका जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजन भने । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उद्धृत गर्दै उनका प्रेस विज्ञ यशोदा अधिकारीले भनिन् ।
आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।
परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागिएकि थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य हो ।
प्रतिक्रिया