काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।
कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाजहरुले नेपाली आकाशमा फन्को मारिरहेका थिए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अवतरण गर्न नसकेका हुन् ।
अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकिरहेका छैनन् । आज काठमाडौँमा यस पटकको पहिलो हिउँदे वर्षा भैरहेको छ ।
प्रतिक्रिया