• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    पिकनिक गएका जीवन मृत फेला, आफन्त र नातागोता पर्ने १२ जनामाथि अनुसन्धान

    5.8K
    SHARES


    काठमाडौँ। बैतडीमा वनभोज गएका युवक मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका-१० का २५ वर्षीय जीवन बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले शनिबार साथीहरुसँगै वनभोज गएका बुडाल राति दशरथचन्द नगरपालिका-६ शेरास्थित चौलानी नदीको बगरमा मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार नदीको दुई किनार भएर बग्ने बीचको बगरमा बुडालको शव भेटिएको हो ।

    बुडालको शव परीक्षणका लागि आइतबार जिल्ला अस्पतालमा राखिएको डीएसपी शाहीले बताए । उनी राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ ।

    बझाङमा कार्यरत उनी विदामा घर आएका बेला शनिबार साथीहरुसँग वनभोज खान गएका थिए । यसैबीच बुडाल मृत भेटिएको घटनामा शंकास्पद १२ जनामाथि अनुसन्धान थालिएको डीएसपी शाहीले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ