• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लाखौ रुपैया नोक्सानी भएको भन्दै बीना स्विचका सडक बत्तीको हताउन्दै प्राधिकरण

    403
    SHARES


    काठमाडौँ।  सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ।

    स्विच नराखी २४ घन्टा नै बत्ती बालिएकोले प्राधिकरणलाई दैनिक लाखौ रुपैया नोक्सानी भएको भन्दै प्राधिकरणले आफनो क्षेत्रमा पर्ने ५ पालिकाको सडक बत्तीको लाईन काटने तयारी गरेको हो।

    कपिलवस्तु, बाणगंगा, बुद्धुभुभी नगरपालिका तथा मायादेबी र यशोधरा गाउपालिकाको सडक बत्ती काटने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेश कुमार झाले बताए। प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयले गत फागुन २ गते प्राधिकरणलाई स्विच बिना राखिएको सडक बत्ती झिक्न निर्देशन दिएको थियो। तर अनुगमनको क्रममा त्यसको पालना नभएको पाइए पछि प्रादेशिक कार्यायले ७ दिन भित्र सडक बत्ती व्यवस्थापन गर्न निर्देशन दिएको प्राधिकरण प्रमुख झाले बताए ।

    यस्तै, लेखा परीक्षण प्रतिवेदन र साधारण सभाबारे विवरण नबुझाएको भन्दै ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रमा रहेका १० वटा सहकारी संस्थाको अनुमति खारेज गरेको छ । ५ वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो।

    सूचना अनुसार महिला सिप विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बडीखेल पर्यटन सहकारी संस्था लिमिटेड, प्रयास पर्यटन सहकारी संस्था लिमिटेड, एभरग्रिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पारसीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था, राजवृक्ष जडीबुटी सहकारी, एभरेस्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका छन् ।

    महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज गरेको सूचनामा उल्लेख गरिएको छ ।

    सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय भएको महानगरले जनाएको छ।

    खारेज भएका १० वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारख गर्न र अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न/नगराउनु पनि भनेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ